TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

राप्रपा नेपालको प्रेस विज्ञप्ति

राप्रपा नेपालको प्रेस विज्ञप्ति
मिति ः २०७३ असोज ४ गते प्रेस विज्ञप्ति प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा जारी भएको संयुक्त वक्तब्यमा समावेश केही बिषयहरुमा नीतिगत त्रुटी देखिएकोले राप्रपा नेपाल देहाय बमोजिम प्रतिक्रिया व्यक्त गर्दछ ।

New bigyapti

१) संविधान संशोधन र कार्यान्वयन नितान्त नेपालको आन्तरिक मामिला हो । यस बिषयलाई संयुक्त बक्तब्यको अंग बनाइनु आपत्तिजनक र अनुपयुक्त रहेको छ । संयुक्त वक्तब्यमा समावेश बिषयहरु दुवै देशको साझा सरोकार दायित्व र अनुगमनको दायराभित्र पर्ने हुँदा नेपालको घरेलु मामिला संयुक्त वक्तब्यमा समावेश गर्नु सर्वथा उपयुक्त मान्न सकिन्न ।
२) संयुक्त वक्तब्यमा भारतले नेपालको संविधान अधुरो, समावेशी र सर्वस्वीकार्य नरहेको अर्थ लाग्ने धारणा व्यक्त गरेको छ । उक्त धारणालाई विगतमा नेपालले पूर्णरुपमा गलत ठहर गर्दै खण्डन र अस्वीकार गर्दै आएको छ । संयुक्त वक्तब्यमा उक्त बिषय रहनुले संविधान बारे नेपाल सरकारको धारणा र अडानमा विचलन आएको देखिन्छ ।
३) भारतिय सहयोगमा नेपालमा संचालित आयोजनाहरुको निरीक्षण र अनुगमन नेपाल सरकार र काठमाडौं स्थित भारतीय दुतावासका अधिकारीहरुले गर्ने भन्ने बिषय प्राविधिक र नीतिगत रुपमा त्रुटिपूर्ण रहेको छ ।
नेपाल सरकारको तर्फबाट भएको उपरोक्त बमोजिमको विचलन र त्रुटिप्रति राप्रपा नेपाल खेद प्रकट गर्दछ ।

राजाराम श्रेष्ठ
प्रवक्ता