TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

राप्रपामा प्रवेशको ओइरो

काठमाडौं । स्थानीय निर्वाचनको मिति नजिकिदै जाँदा राप्रपाका नेता, कार्यकर्ताहरु जनताको माझमा राप्रपा कार्यक्रम लिएर जनताको घरदैलोमा व्यस्त रहनुभएको छ । सबैजसो गाउँपालिकामा गाउँपालिका समिति गठन गर्दै पार्टीको नीति र सिद्धान्तलाई जनतामाझ पु¥याउन सक्रिय रहेको राप्रपाप्रति आम जनता उत्साही हुँदै पार्टी प्रवेश गर्नेको ओइरो लागेको छ ।

17759865 1264123963700968 2646049105855142135 n

17800018 1264123980367633 8488301100445223064 n

kep

kep1

पूर्वको झापामा दिनहुँजसो अन्य पार्टीबाट राप्रपामा प्रवेश भइरहेको छ । महामन्त्री राजेन्द्र लिङदेन झापाका गाउँगाउँमा पुगेर नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्न तल्लिन देखिनुभएको छ । हालैमात्र झापाको कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, वनीयानी लगायतका ठाउँमा अन्य पार्टीको उपल्लोस्तरमा राजनीतिक नेतृत्व सम्हालिसकेका प्रबुद्ध व्यक्तित्वहरु राप्रपामा प्रवेश गर्नुभएको थियो । यसरी प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य पृथ्वी वस्नेत, मधेशी जनाधीकार फोरम गणतान्त्रीकका जिल्ला सदस्य प्रदिप अग्रवाल, माओवादी केन्द्रका वडा अध्यक्ष रमन राजवंशी, नेकाका नेता विष्णु राजवंशी, उद्योग वाणीज्य संघ झापाका अध्यक्ष नवराज पनेरु लगायत सयौं रहनुभएको छ ।
उता बाँकेमा पनि राप्रपामा प्रवेश गर्नेहरुको संख्यामा उल्लेख्य रुपमा बृद्धि भइरहेको छ । नेपाली कांग्रेसका प्रतिष्ठित नेता राम गोपाल वर्मा १०० भन्दा बढी कार्यकर्ता सहित राप्रपामा प्रवेश गरेपछि त्यस क्षेत्रमा राप्रपाप्रति आकर्षण झनै बढेको छ । वर्मालगायतका नवप्रवेशीहरुलाई राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणाले स्वागत गर्नुभएको थियो ।
राप्रपाको नीति र सिद्धान्तप्रति प्रतिबद्धता जनाउँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दिनहुँजसो सयौं नेता, कार्यकर्ताहरु अन्य पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने क्रम बढेपछि स्थानीय तहको निर्वाचनमा अधिकांश ठाउँमा राप्रपाले जित हासिल गर्ने देखिएको छ ।