TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

तोकिएको मितिमै निर्वाचन सम्पन्न हुन्छः उपप्रम थापा

लमजुङ । राप्रपाका अध्यक्ष, उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले आगामी वैशाख ३१ गते जसरी पनि स्थानीय तहको निर्वाचन हुने दाबी गर्नुभएको छ ।

Lamjung 3

लमजुङमा स्थानीय तहका कर्मचारीलाई निर्देशन दिँदै उपप्रम थापाले वैशाख ३१ मै चुनाव हुने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
यसै क्रममा अध्यक्ष थापाले लमजुङको घनपोखरामा अवस्थित त्रिभुवन मा. वि. को स्वर्ण महोत्सवको समुद्घाटन समेत गर्नुभयो । उहाँले राप्रपा जिल्ला कार्य समिति लमजुङको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको थियो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी तीव्र पारेको र सरकारले सक्दो सहयोग गरेको उहाँले बताउनुभयो ।