TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

वैशाख ३१ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न हुन्छ– कमल थापा

वागलुङ । राप्रपाका अध्यक्ष, उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभएको छ । वागलुङमा ऐतिहासिक चैत्राष्टमी मेलाको उद्घाटन गर्दै उहाँले नेपालमा बसोबास गर्ने सबै जातजातिको पर्व, संस्कृति र रीतिरिवाज मुलुकको पहिचान भएको बताउनुभएको हो ।

सम्बोधनका क्रममा उपप्रधानमन्त्री थापाले भन्नुभयो– ‘नेपाल विविधतापूर्ण देश हो, विश्वमै हाम्रो अलग पहिचान छ । कला, संस्कृति र धरोहरहरुको संरक्षण गर्नु सबैको साझा दायित्व हो ।’ चाडपर्व र सांस्कृतिक उत्सवले नेपालीहरुबीचमा आपसी सद्भाव, भाइचारा र एकता सिर्जना गर्ने बताउँदै उहाँले परिवर्तनको नाममा पुराना मूल्य, मान्यता र आदर्शलाई कसैले पनि कुल्चन नहुने स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री थापाले मेला, महोत्सवले स्थानीय कला, संस्कृतिको संरक्षण र व्यापार प्रवद्र्धनमा ठूलो टेवा पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

kamal thapa rCei0Bwh5x
वगलुङमै आयोजित धवलागिरि अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रम थापाले स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । राप्रपाका लागि स्थानीय तहको निर्वाचन अति नै महत्वपूर्ण भएकोले पार्टीलाई जुनसुकै हालतमा सफलता दिलाउन अग्रसर हुन कार्यकर्ताहरुलाई उहाँले आग्रह समेत गर्नुभयो । मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राप्रपाले मात्र सक्ने बताउँदै थापाले पार्टीका नीति, कार्यक्रम जनतामाझ बुझाउँदै निर्वाचनबाट पहिलो पार्टी बनाउने अभियानमा आफूहरु लागिपरेको बताउनुभयो ।
यस्तै पर्वतको सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले मुलुक चुनावमय भइसकेकाले अब कतै रोकिन्छ कि वा पछि सर्छ कि भनेर आशंका लिनुपर्ने ठाउँ नभएको प्रष्ट पार्नुभयो । उहाँले सातवटै प्रदेशमा वैशाख ३१ गते एकै चरणमा चुनाव हुने बताउनुभयो ।
मधेसवादीसँग समेत सहमतिको प्रयास अन्तिम चरणमा पुगेको बताउँदै उहाँले स्थानीय तहको चुनाव राप्रपाको पहिलादेखिकै एजेन्डा भएको र स्थानीय तहको चुनाव गर्नकै लागि आफू सरकारमा गएको बताउँदै कतै चुनाव हुँदैन कि भनेर विचलित नहुन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
आगामी माघ ७ गतेभित्र तीनवटै तहको चुनाव गर्नुपर्ने संविधानलेनै व्यवस्था गरेको बताउँदै उपप्रम थापाले स्थानीय तहको चुनावपछि अन्य दुईवटा चुनाव गर्नका लागि पनि मार्ग प्रसस्त हुने बताउनुभयो ।
चुनावमा उम्मेदवार चयन गर्नुभन्दा अघि प्रत्येक नेपालीको घर घरमा पुग्न र जनताको माझमा राप्रपा भन्ने अभियानलाई सार्थकता दिन पनि उहाँले कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।