TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

राप्रपाले १४ वटै अञ्चलमा आमसभा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका अध्यक्ष मा. श्री कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसी विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले पार्टीका सबै स्थानीय कार्यसमितिहरुलाई आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि सक्रिय रहन निर्देशन दिने निर्णय गरेको छ ।

RPP padadhikar meet

C8KzfBVVwAAexJE

बैठकले २०७४ वैशाख १० गते भित्र १४ वटै अञ्चलमा आमसभा गर्ने निर्णय गरेको छ । आमसभाहरुमा पार्टी अध्यक्ष मा. श्री कमल थापाज्यू, पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता श्री लोकेन्द्र बहादुर चन्दज्यू, वरिष्ठ नेता पशुपति शम्शेर ज.व.रा.ज्यू बाट सम्बोधन हुनेछ ।
उक्त बैठकले स्थानीय तहको निर्वाचनको सञ्चालन व्यवस्थापन, परिचालन एवं अनुगमन आवासीय रुपमा रही गर्नको लागि १४ अञ्चलमा १४ जना पदाधिकारी एवं केन्द्रीय सदस्यहरुलाई इन्चार्ज तोकेको छ । जसअनुसार मेचीमा महामन्त्री राजेन्द्र लिङदेन, कोशीमा महामन्त्री सुनिल बहादुर थापा, सगरमाथामा उपाध्यक्ष रामचन्द्र राय र केन्द्रीय सदस्य राजेन्द्र गुरुङ्ग, जनकपुरमा आङछिरिङ्ग शेर्पा, नारायणीमा उपाध्यक्ष राजिव पराजुली, बागमतीमा उपाध्यक्ष बुद्विमान तामाङ, गण्डकीमा सहमहामन्त्री हेमजङ्ग गुरुङ्ग, धौलागिरीमा केन्द्रीय सदस्य भीम प्रसाद गौचन, लुम्बिनीमा महामन्त्री धुव्र बहादुर प्रधान, राप्तीमा सहायक महामन्त्री मनोज प्रधान, भेरीमा केन्द्रीय सदस्य प्रेम बहादुर भण्डारी, कर्णालीमा केन्द्रीय सदस्य धनबहादुर बुढा, सेतीमा सह महामन्त्री चन्द्र बहादुर गुरुङ्ग र महाकालीमा महामन्त्री जयन्त चन्द रहनुभएको छ ।
यसैगरी सोही बैठकले स्थानीय तह निर्वाचन प्रचार प्रसार कार्य योजनालाई सैद्वान्तिक रुपमा पारित गर्ने निर्णय गर्दै पार्टी र सरकार बिच कामको समन्वय गर्न उपाध्यक्ष बुद्विमान तामाङ्गको संयोजकत्वमा प्रवक्ता शुशील श्रेष्ठ र सहमहामन्त्री निलकण्ठ काफ्ले सदस्य रहेको समिति समेत गठन गरेको छ ।