TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

निर्णय सच्याउन निर्वाचन आयोगमा ज्ञापनपत्र, शान्तिपूर्ण धर्नामा प्रहरी हस्तक्षेप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको विधानमा रहेको हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको विषय निर्वाचन आयोगले हटाएको विरोधमा निर्वाचन आयोग अगाडी धर्ना दिनुका साथै निर्वाचन आयोगको निर्णय तत्काल सच्याउन माग गर्दै आयोगलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको निर्णय अनुसार चैत ७ गते काठमाडांैमा निर्वाचन आयोग लगायत देशका सम्पूर्ण जिल्ला सदरमुकाममा अवस्थित निर्वाचन कार्यालयहरुमा गत चैत्र ४ गतेको निर्वाचन आयोगको निर्णय पुनर्विचार गर्न माग गर्दै ज्ञापनपत्र बुझाएइको हो । यही क्रममा पार्टी अध्यक्ष कमल थापा, पूर्व अध्यक्ष एवं पार्टीका बरिष्ठ नेता पशुपति शम्शेर जबरा लगायतको एक प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउनु अघि काठमाडौको रत्नपार्कबाट सुरु भएको शान्तिपूर्ण विरोध जुलुस कान्तिपथमा पुगेपछि भएको हठात प्रहरी दमनमा परि पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर जबरा, सांसद द्वय विक्रम बहादुर थापा, सयन्द्रा बान्तवा, प्रवक्ता रोशन कार्की, केन्द्रीय सदस्य कोमल वली, निर्मला श्रेष्ठ, पुजा राणा लगायत दर्जनौं नेता, कार्यकर्ता घाईते भएका छन् ।

17361621 10209779102648048 7965709205170755277 n

001 1
घाईतेहरु मध्ये १६ जनाको विर अस्पताल र ३ जनाको काठमाडौं मोडल अस्पतालमा उपचार भईरहेको छ । पूर्व निर्धारित शान्तिपूर्ण कार्यक्रममा प्रहरीले गरेको बर्बर दमनको राप्रपाले घोर भत्सर्ना र निन्दा गर्दै सम्पूर्ण घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
शान्तिपूर्ण धर्ना सञ्चालन भइरहेको बेला प्रहरीले गरेको सांघातिक आक्रमणमा परि घाईते हुनुहुनेहरुमा बविता शाही, सावित्री थापा, श्रृजना रानी बर्मा बस्नेत, कोमल वली, निराजन बम, सयन्द्र बान्तवा, मिना जोशी, सरस्वती के.सी अधिकारी, लक्ष्मण रैला, पुजा राणा, सरु बास्तोला, मनि सिंखडा, सानु सापकोटा, दिपेन्द्र रेग्मी, निर्मला श्रेष्ठ, बसन्त रिमाल, जिवन शाह, प्रेम बहादुर साउद, यवति कार्की, शंकर कार्की, हिक्मत बस्नेत, शम्भु गिरी, विश्वराज पौडेल, ऋषिराज देवकोटा, रोशन कार्की, प्रकाश ब्यान्जु, माधव खत्री, कर्मा लामा, बाबुकाजी प्रधान, रामहरी थापा, मिरा महर्जन, बसन्त बस्नेत, कैलाश कटुवाल, रिद्धि प्रताप जबरा, हिक्मत बस्नेत, दिनेश कार्की, राजेन्द्र प्रसाद श्रेष्ठ, करुणा भण्डारी, चलन बहादुर तामाङ लगायत रहनुभएको छ ।

003
निर्वाचन आयोगको गलत निर्णय सच्याउन माग गर्दै राप्रपाले बुझाएको ज्ञापनपत्रको पूर्ण पाठः–


२०७३ चैत्र ७ गते

श्री निर्वाचन आयोग,
बहादुर भवन, काठमाडौं

बिषय ः ज्ञापनपत्र सम्बन्धमा ।

त्यस आयोगबाट मिति २०७३।१२।२ मा भएको निर्णय र तत्सम्बन्धमा २०७३।१२।४ को पत्रका सम्बन्धमा राप्रपाको गंभीर ध्यान आकर्षित भएको छ । आयोगबाट २०७३।१२।२ को मितिमा भएको निर्णयको प्रकरण (क) मा उल्लेखित बिषयले राप्रपाको आधारभूत मान्यतालाई नै खारेज गरि पार्टी स्थापना र संचालनको औचित्य माथी नै गंभीर प्रश्न चिन्ह खडा भएको छ ।
उक्त निर्णय नेपालको संबिधान २०७२ को मर्म र भावना विपरित रहेको छ । संबिधानले राजनीतिक दललाई बिचार ग्रहण गर्ने एवं जनताको अभिमतबाट आफ्नो बिचार स्थापित गर्ने अधिकार सुनिश्चित गरेको छ । संबिधानले बिचार स्वतन्त्रता, पार्टी प्रतिवन्ध लगाउन नपाईने व्यवस्था, आवधिक निर्वाचन र संबिधान संशोधनको सरल प्रावधान कायम गरेको छ । आयोगको उक्त निर्णय संबिधानको धारा २६९ को उपधारा (१), धारा २७० को उपधारा (१), धारा १७ को उपधारा (२) को (क), धारा १७४ (१) र धारा ४ को व्यवस्था र मान्यता प्रतिकुल रहेको स्पष्ट छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संबिधानप्रति मन वचन र कर्मले प्रतिबद्ध छ । आफ्ना फरक मान्यताहरुका वावजुद संबिधान निर्माणमा तत्कालिन राप्रपा नेपाल र राप्रपाले रचनात्मक योगदान पु¥याएको तथ्य सर्वविदित छ । कतिपय बिषयहरुमा अहसमतिको कारण विपक्षमा मतदान गरेको भएता पनि २०७२ आश्विन ३ गते जारी भएको संबिधानमा एकीकरण पूर्वका दुवै पार्टीका सभासदहरुले हस्ताक्षर गरी संबिधान प्रति आस्था र अपनत्व कायम गरेको वास्तविकता समेत स्पष्ट छ । संबिधान निर्माणका क्रममा केही विषयहरुमा फरक मत कायम राखेको हुंदा अन्य कतिपय दलहरु सरह राष्ट्रिय प्रजातन्त्र पार्टीले संबिधान प्रति आलोचनात्मक समर्थन गरेको हो । संसारको कुनै पनि संबिधान शतप्रतिशत पूर्ण हुंदैन । संबिधान संशोधनीय एवं गतिशील दस्तावेज भएकोले त्यसका कतिपय प्रावधान प्रति असहमति कायम राख्ने, आलोचना गर्ने र जनताको बिश्वास जितेर परिवर्तन गर्ने अधिकार प्रत्येक नागरिक एवं राजनीतिक दलहरुको संबैधानिक एवं प्रजातान्त्रिक हक हो । राष्ट्रिय प्रजातन्त्र पार्टीको संबिधानका केही व्यवस्थाहरुमा असहमति छ, तर संबिधानको पालना र कार्यान्वयनमा पूर्णत प्रतिबद्ध रहेको छ ।
उपरोक्त वास्तविकतालाई दृष्टिगत गर्दै त्यस आयोगबाट मिति २०७३।१२।२ मा पार्टीको बिधान परिवर्तन गर्ने गरि भएको निर्णय पुनर्विचार गर्न आयोग समक्ष राािष्ट्रय प्रजातन्त्र पार्टीको तर्फबाट हार्दिक अनुरोध गर्दछु ।