TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

अध्यक्ष थापा उपप्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता कमल थापा नेपाल सरकारको उप प्रधान एवं संघीय मामला तथा स्थानीय विकास मन्त्री नियुक्त हुनुभएको छ ।

Kamal Thapa Sapath

17156235 2230334537191053 8036861875646662936 n

विहिबार भएको मन्त्रिपरिषद विस्तारमा राप्रपा संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरी पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा संसदीय दलका सचेतक पर्शुराम तामाङ पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहनुभएको छ ।
स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा निधारित समयभित्र निर्वाचन सम्पन्न गर्न सुनिश्चितता एवं संविधान कार्यान्वयनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट शिर्ष नेतृत्व तहबाटै मन्त्रिपरिषदमा सहभागिता होस भनी प्रधानमन्त्री पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुभएको आग्रहलाई सकारात्मक रुपमा लिंदै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपाको तर्फबाट तीनजना मन्त्रीसहित पार्टी सरकारमा सहभागि भएको हो ।