TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

सप्तरी घटनाको छानविन गरि सत्य तथ्य सार्वजनिक गर्न माग

काठमाडौं । सप्तरीमा सोमबार भएको झडपमा प्रहरीको गोली लागेर ३ जना प्रदर्शनकारीको मृत्यु भएको घटनाको निन्दा गर्दै राप्रपाले घटनाको छानविन गरि तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

 पार्टी अध्यक्ष कमल थापाले एक विज्ञप्ति जारी गर्दै घटनामा घाईतेहरुको शिघ्र स्वास्थलाभको कामना समेत गर्नुभएको छ ।

C6UGOHZVMAAG4jJ
‘आफ्नो राजनीतिक विचार र मान्यता अनुरुप कार्यक्रम गर्ने अधिकार प्रत्येक व्यक्ति र दललाई संविधानले नै सुनिश्चित गरेको छ । तर, त्यस्तो अधिकारको प्रयोग शान्तिपूर्ण र अरुको अधिकार हनन् नहुने गरि गर्नु प्रजातन्त्रको नैसर्गिक मान्यता हो,’ विज्ञप्तिमा भनिएको छ, ‘निहित राजनीतिक स्वार्थ परिपूर्तिका लागि अरुलाई होच्याउने, उत्तेजित तुल्याउने र हिंसा भड्काउने काम सर्वथा उपयुक्त होईन । यस तर्फ सचेत रहन एवं परिस्थितिलाई थप जटिल हुन नदिन संयमको निमित्त पनि सम्बद्ध सबै पक्षमा अपिल गर्दछु ।’ निर्वाचनको पूर्वसन्ध्यामा शान्ति, सुरक्षा र स्थिरता कायम गर्न सरकारले अविलम्ब प्रभावकारि कदम चाल्न समेत राप्रपाले माग गरेको छ ।