TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

राप्रपामा पदाधिकारी मनोनयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विधान बमोजिम पदाधिकारीहरुको मनोनयन गर्नुभएको छ । मनोनित उपाध्यक्षहरुमा दिपक बोहरा, राजिव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे र रामचन्द राय हुनुहुन्छ ।

Rpp 1

यस्तै महामन्त्रीमा धु्रवबहादुर प्रधान, राजेन्द्र लिङदेन, डा. धवल शमशेर राणा, जयन्त चन्द र सुनिलबहादुर थापा रहनुभएको छ ।
कोषाध्यक्षमा उद्धव पौडेल मनोनित हुनुभएको छ भने प्रवक्तामा रोशन कार्की, सुशील कुमार श्रेष्ठ र भुवन पाठक रहनुभएको छ । यसैगरी सहमहामन्त्रीमा हेमजंग गुरुङ, निलकण्ठ काफ्ले, राम थापा र चन्द्रबहादुर गुरुङ मनोनित हुनुभएको छ भने सहायक महामन्त्रीमा वृजलाल यादव, कुन्ती कुमारी शाही, मनोज प्रधान, राजाराम वर्तौला, विन्दु पहाडी र राजेन्द्र प्रसाद श्रेष्ठ रहनुभएको छ ।
पार्टीको सहायक प्रवक्तामा मोहन श्रेष्ठ र सहायक कोषाध्यक्षमा गिरीधर परियार मनोनित हुनुभएको छ ।
पार्टीको हालै सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षीत गरेर चैत्र ८ गतेदेखि मेची महाकाली राष्ट्रिय एकता यात्रा गर्ने निर्णय गरेको छ । गोर्खा र काठमाडौंबाट राष्ट्रियता, हिन्दुत्व र आर्थिक विकास भन्ने नारा सहित सुरु गरिने एकता यात्रा चैत १२ गते चितवनमा समापन गरिनेछ ।
यसैगरी केन्द्रीय समिति बैठकले पार्टीको चुनाव चिन्ह गाई राख्ने सर्बसम्मत निर्णय गरेको छ ।