TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

राष्ट्रवादी कलाकर्मी परिषद गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा नयाँ भातृसंगठन थप भएको छ । पार्टीमा आवद्ध वरिष्ठ कलाकारहरुको भेलाले भातृसंगठनको रुपमा राष्ट्रवादी कलाकर्मी परिषद गठन गरेको हो । पार्टीका केन्द्रीय सदस्य एव वरिष्ठ चलचित्रकर्मी उद्धव पौडेलको समुपस्थितिमा आयोजित भेलाले कलाकार रविन्द्र खड्काको अध्यक्षतामा राष्ट्रवादी कलाकर्मी परिषद गठन भएको हो ।


नवगठित परिषदको उपाध्यक्षमा जय श्रेष्ठ र गुणराज राजभण्डारी, महासचिवमा किसान पोखरेल, सचिवमा शंकरलाल श्रेष्ठ र कोषाध्यक्षमा नानी थापा रहनु भएको छ । यसैगरी सदस्यहरु तर्फ रामचन्द्र अधिकारी, डी.पी.शाह चक्रवर्ती, स्वराज श्रेष्ठ, नवराज श्रेष्ठ, कृषा चौलागाँई, रोशन मिश्र, करुणा खड्का, कर्ण थापा, सम्झना बुढाथोकी, रोशन श्रेष्ठ, कोपिला थापा, सिरु बिष्ट, रामहरी श्रेष्ठ, अयुब के.सी., शरद पाण्डे ,दिपिका भट्ट, नारायण प्रसाद घिमिरे, रामकृष्ण कायस्थ सरु दाहाल (देउती), प्रदिप खड्का, अनुप भट्टराई, बिनेश निरौला, राजेन्द्र गिरी, अनुमति नेपाली र भुवन श्रेष्ठ रहनु भएको छ ।
राष्टवादी कलाकर्मी परिषदको बुधबार सम्पन्न पहिलो पूर्ण बैठकले संगठनलाई अझ प्रभावकारी तथा सुदृढ बनाउने उद्देश्यले विभिन्न समितिहरु गठन गरेको छ ।
जसअनुसार सल्लाहकार समितिमा उद्धव पौडेल, मीरा राणा, सयन्द्र वान्तवा, राजाराम श्रेष्ठ, कोमल ओली, प्रकाश सुवेदी, कलेन्द्र बिक्रम शाही, रेखा थापा, रविन चाम्लिङ, प्रदिप उदय रहनुभएको छ भने डी.पी.शाह चक्रवतीको संयोजकत्वमा गठित विधान मस्यौदा समितिमा नानी थापा, रामकृष्ण कायस्थ, किसान पोखरेल र प्रकाश सुवेदी रहनुभएको छ । यसैगरी शँकर लाल श्रेष्ठको संयोजकत्वमा लोगो, लेटरप्याड, रसिद आदि छपाई समिति गठन भएको छ । सो समितिको सदस्यमा डी.पी.शाह चक्रवती र अनुमति नेपाली रहनुभएको छ ।