TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख्न कुनै कसर बाँकी राख्दैनौं ः अध्यक्ष थापा

विर्तामोड । राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वाभिमान र अखण्डतालाई जोगाउन हिन्दु राष्ट्र एकमात्र विकल्प भएको बताउनुभएको छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको विर्तामोडमा आयोजना गरेको वृहद् हिन्दुत्व जागरण तथा एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको अखण्डतालाई अक्षुण्ण राख्न राप्रपा नेपाल र राप्रपाको एकिकरण भएको बताउनुभयो ।

विद्यमान अवस्थामा विखण्डनकारीहरुबाट देश टुक्र्याउने डरलाग्दो खतरा बढेको बताउदै अध्यक्ष थापाले देश वर्तमान अवस्थामा भुसको आगोमाथि उभिएको टिप्पणी गर्नुभयो ।
ठूला दलले नेपाली जनताको अभिमत बिनानै धर्मनिरपेक्षता जबरजस्ती लादेको प्रसंग उल्लेख गर्दै हिन्दु राष्ट्र पुनःस्थापना गर्ने उद्घोषका साथ पार्टी एकीकरण भएको उहाँले बताउनुभयो । सम्बोधनकै क्रममा थापाले नेपालीको एकता खल्बलिन नदिनको लागि पनि मुलुक हिन्दु राष्ट्र कायम गरेरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
अर्को फरक प्रसंगमा अध्यक्ष थापाले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न सरकार सँग माग गर्नुभयो । तोकिएको समयमा तीन तहको निर्वाचन नभए मुलुक संवैधानिक संकटतर्फ धकेलिने खतरा बढेको बताउँदै अध्यक्ष थापाले सिमित दलहरुमा आत्मसमर्पणवादी प्रवृती हावी भएकोले उक्त अवस्था आएको बताउनुभयो । बढ्दो वैदेशिक हस्तक्षेपविरुद्ध राष्ट्रवादी शक्तिहरु एक हुनुको विकल्प नभएको उहाँले स्पष्ट पार्नुभयो ।

bisal 750x485

Rana Jhapa

Lohani Jhapa
सभालाई सम्बोधन गर्दै पार्टीका राष्ट्रिय अध्यक्ष पशुपती शम्शेर राणाले झापा जिल्ला राष्ट्रिय प्रजातन्त्र पार्टीको किल्ला भएको बताउँदै हिन्दु राष्ट्र निर्माणमा झापाका जनताको पूर्ण साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
दुई पटक संविधान सभाको निर्वाचन भएपनि राजनीतिक अस्थिरता भने जहाँको त्यहीँ रहेको बताउँदै राष्ट्रिय अध्यक्ष राणाले नेपाल भारत र चीन दुई ठूला अर्थतन्त्रको बीचमा रहेको बताउँदै मुलुकको अर्थतन्त्रलाई गति दिन कम्युनिष्टको साम्यवादी शक्तिले नसक्ने भएकोले राप्रपाको उदारवादी नीति नेपालका लागि उपयुक्त हुने स्पष्ट पार्नुभयो ।
सो कार्यक्रमलाई संबोधन गर्दै पार्टीका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले झापाको विकास गर्न सरकारलाई सुझाव दिनुभएको थियो । त्यसका लागि २०४२ सालमा पहिलो पटक आफ्नो पार्टीले शिलान्यास गरेको मेची पुलको निर्माण गरिनुपर्ने उहाँले बताउनुभयो । सो पुलको निर्माण हुन सकेमा झापा मात्र होइन, मुलुककै आर्थिक विकासमा टेवा पुग्ने डा. लोहनीको भनाई थियो ।
कार्यक्रममा पार्टीका उपाध्यक्षहरु दिपक वोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, हरिनारायण यादव, महामन्त्रीहरु ध्रुववहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, विक्रम पाण्डे, डा. धवल शम्सेर राणा, नरेन्द्र चौधरी, नेताहरु रामकुमार सुब्बा, सुनिल थापा, भक्ति सिटौला, राजेन्द्र गुरुङ, गायिका कोमल ओली लगायतका केन्द्रीय नेताहरुले देश संकट ग्रस्त अवस्थामा गुज्रिरहेको भन्दै उत्थानका लागि राप्रपा र राप्रपा नेपाल एक भएको धारणा राख्नुभएको थियो । सो कार्यक्रम राप्रपा झापाका अध्यक्ष अम्बरबहादुर विष्टको सभापतित्वमा सम्पन्न भएको थियो ।

Jhapa maas

C0cmkzeUUAEw1fY