TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

राप्रपा नेपालका अध्यक्ष मा. कमल थापा द्वारा केन्द्रीय कार्यसमितिको बैठकमा प्रश्तुत तथा पारित राजनैतिक कार्यपत्र

राप्रपा नेपाल
केन्द्रिय कार्य समितिको बैठकमा छलफलका लागि प्रस्तुत राजनैतिक कार्यपत्र
”वर्तमान राजनैतिक सन्दर्भमा राप्रपा नेपालको भावि कार्यदिशा“

– कमल थापा
अध्यक्ष, राप्रपा नेपाल

काठमाण्डौ बाहिर पनि केन्द्रिय कार्यसमितिको बैठक आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै अहिले हामी औद्योगिक नगर बीरगंजमा भेला भएका छौ । यस बैठकमा उपस्थित हुनु हुने सम्पुर्ण केन्द्रिय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुमा म हार्दिक स्वागत गर्दछु ।
नंया संबिधान जारी भै देश नंया राजनैतिक चरणमा प्रवेश गरेको अवस्थामा वर्तमान राजनैतिक सन्दर्भ, बिश्व परिस्थिति एवं आम नेपाली जनताको भावना र आकांक्षालाई दृष्टिगत गदै पार्टीको भावि नीति तथा कार्यदिशा निर्धारण गर्न यो बैठक केन्द्रित रहने मैले अपेक्षा गरेको छु । साथै, सरकारमा पार्टीको सहभागिता र कार्य प्रगतिको समिक्षा, पार्टी संगठनको सुदृढिकरण एवं आगामि स्थानिय निकाय निर्वाचनको तयारिका वारे समेत यो बैठकले महत्वपुर्ण मार्गदर्शन गर्नेछ ।

वर्तमान राजनैतिक सन्दर्भ र नेपालको संबिधान
संबिधान जारि भए पश्चात स्वभावतः नेपालको राष्ट्रिय राजनीतिमा नंया अध्याय प्रारम्भ भएको छ । हिंसात्मक  द्वन्द अन्त गर्न शुरु भएको शान्ति प्रक्रिया प्राविधिक रुपले भएपनि टुंगोमा पुगेको छ । अराजकतापुर्ण लामो संक्रमणकाल समेत समाप्त भएको छ ।
संबिधान निर्माण पश्चात कतिपय राजनैतिक विषयहरुको प्राविधिक ढंगबाट निराकरण भएको छ, तर देशले लामो समयदेखि भोग्दै आएको संकटको समाधान भने अझै भएको छैन । देश र जनताको हितमा नरहेका एवं विरोधाभाषपुर्ण कतिपय अवधारणाहरुलाई हचुवाका आधारमा संबिधानमा संस्थागत गरिएबाट संकट अझ चुंलिंदै जाने खतरा समेत देखिएको छ । अब  संबिधान कार्यान्वन एवं राष्ट्रनिर्माणकोे जटिल र कठिन नयाँ संक्रमणकाल आरम्भ भएको छ ।
संबिधान निर्माणको अन्तिम अवस्थादेखि नै असंतुष्ट रहंदै आएका मधेसबाट प्रतिनिधित्व गर्ने केही क्षेत्रिय राजनैतिक दलहरु संबिधान जारि भएपछि निरन्तर आन्दोलनमा रहेका छन् । प्रकट रुपले मधेस केन्द्रित दलहरु नै मुख्यतः संबिधानको विरोधमा सक्रिय रहेको देखिएता पनि संबिधानका कतिपय प्रवाधानहरु प्रति विभिन्न क्षेत्र र समुदायमा समेत व्यापक असहमति र असंतुष्टिहरु कायम रहेका छन् ।
२०६२÷६३ को जनआन्दोलन पश्चात परिवर्तनलाई संस्थागत गर्ने नाममा संबिधानसभाको निर्वाचनपुर्व नेपाली जनताको अभिमत विना नै लादिएका अवधारणा, त्रुटिपुर्ण मार्गचित्र एवं संबिधान निर्माणको क्रममा कायम गरिएको सिण्डिकेट मानसिकता र प्रक्रियाको परिणामस्वरुप देश संकटको भुमरीमा नराम्रो संग फसेको तथ्य सर्वविदित छ । संबिधानमा समावेश भएका कतिपय विरोधाभाषपुर्ण मान्यताहरुले यो संकटलाई अझ जटिल बनाउने खतरा टडकारो देखिन्छ ।

*   नेपालको ईतिहासमा पहिलो पटक सानै रुपमा भएपनि विखण्डनको आवाज उठन थालेकोे छ । आधुनिक नेपाल निर्माण पछिको दुई शताब्दि भन्दा लामो ईतिहासमा अनेकौ राजनैतिक उतार चढावहरु देखा परे, राजनैतिक परिवर्तनहरु भए तर देश टुक्राउने आवाज कतैबाट उठेको थिएन । अहिले विखण्डनकारि आवाज अत्यन्त प्रारम्भिक र नगण्य अवस्थामा रहेको छ । तर, विगतमा एउटा भरुवा बन्दुक र एउटा पेस्तोल बोकेर करिव सयजना जतिले शुरु गरेको कथित जनयुद्ध एक दशक नपुग्दै डरलाग्दो शक्ति बनेको तितो यथार्थ हाम्रो सामुन्ने छ । विगतमा जस्तै केही प्रमुख भनिने राजनैतिक दलहरुको अकर्मण्यता, स्वार्थ र सत्तालिप्साको कारणबाट अहिले निकै सानो हैसियतमा रहेको विखण्डनकारी तत्व कालान्तरमा खतरनाक अवस्थामा पुग्ने हो कि भन्ने अहिले सबै भन्दा ठूलो चिन्ताको विषय बनेको छ ।


*    भारतको राजधानी नयाँ दिल्लीमा २०६२ साल मंसिरमा भएको बाह्रबुंदे समझदारिको परिणामस्वरुप शुरु भएको बाह्य शक्तिहरुको चलखेल अहिले झन तिव्र हुनपुगेको छ । साथै, नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा बढेर गएको छ ।
ड्ड    नेपाली पहिचान र संस्कृति माथी गंभीर अतिक्रमण भैरहेको छ । धर्मनिरपेक्षताको आडमा योजनावद्ध एवं संगठित रुपले धर्म परविर्तन गराउने कार्य तिव्र गतिले जारि रहेको छ । यसबाट नेपालको सनातन धर्म, संस्कृति र पहिचान संकटमा पर्ने खतरा स्पष्ट छ । त्यसैगरि यसबाट परम्परादेखि नेपाली समाजमा कायम रहंदै आएको सामाजिक सांस्कृतिक सदभाव खलबलिई देश धार्मिक द्वन्दमा फस्ने खतरा बढेको छ ।


*    गत एक दशकमा कायम गरिएको गलत परम्परा, प्रवृत्ति एवं राजनैतिक अभ्यासले प्रजातन्त्रको भविष्यलाई समेत चुनौति दिई रहेको छ । राज्य संचालनमा  देखिएको सर्वसत्तावादी चिन्तन, राज्यका विभिन्न अंगहरुको पार्टीकरण, प्रतिपक्षलाई कमजोर बनाउने प्रयास तथा संबिधानका अन्तर्वस्तुहरुमा रहेको अन्तरविरोधले प्रजातन्त्रको मुलभूत मान्यताहरु कमजोर हुने तथा सर्वसत्तावाद हावि हुने अवस्था सिर्जना हुन सक्दछ ।

*    १० वर्षे हिंसात्मक दन्द र १० वर्षको अस्थिर संक्रमणकालले देशको अर्थतन्त्रलाई गंभीर आघात पु¥याएको छ । अर्थतन्त्रका अधिकांश सुचकहरु उत्साहप्रद रहेका छैनन् । लगानीको वातावरण बन्न सकेको छैन, उद्योग व्यवसाय सुस्त रहेको छ, मुद्रास्फिति बढेको छ, विभिन्न मुलुकहरुसंगको व्यापार घाटा निरन्तर बढि रहेको छ, लोडसेडिंग कम हुन सकेको छैन, भ्रष्टाचार व्यापक भएको छ, वेरोजगारि समस्या विकराल छ, तथा गरीब र धनी बिचको खाडल विगतको तुलना अझै ठूलो हुंदै गैरहेको छ । समग्रमा देशको आर्थिक अवस्था संकटग्रस्त छ, केवल रेमिट्यान्समा अर्थतन्त्र अढेको छ ।
ड्ड    यस्तो अवस्थामा स्थायि सरकारको रुपमा रहनु पर्ने प्रशासनिक संयन्त्र पार्टीकरणको प्रभावमा परेर नराम्रो संग थला परेको छ । प्रशासनियक संयन्त्र र संबैधानिक अंगहरुको क्षमतामा अबिश्वसनिय ढंगबाट ह्रास आएको छ ।

उपरोक्र तितो यथार्थका वावजुद मुलुकको भविष्य प्रति निराश वा विचलित हुनु आबश्यक छैन । नेपाली जनताको राष्ट्रप्रेम, बढदो र जागरुक युवा जनशक्ति, कठिन अवस्थामा पनि धैर्य र साहसका साथ काम गर्ने नेपाली चरित्र तथा मुलुकमा विद्यमान अपार सम्पदा र संभावनाको कारणबाट नेपालको उज्वल भविष्य प्रति सदैव आशा गर्न सकिन्छ ।
नंया संबिधान एवं संबिधान  जारि भएपछिको अवस्थाले चुनौति मात्र होईन अवसर पनि प्रदान गरेको छ । थुप्रै विवाद  र कमिकमजोरीका वावजुद यो संबिधानले प्रजातन्त्रका बिश्वव्यापि मान्यताहरुलाई आत्मसात गरेको छ । समावेशी र समानुपातिक सिद्धान्तको दृष्टिकोणबाट संबिधान तुलनात्मक रुपमा प्रगतिशील र अग्रगामी छ भन्दा अतिशयोक्ति हुने छैन । ठीक ढंगबाट काम हुन सक्यो भने संबिधान जारि भएपछिको अवस्थाले न्युनतम शान्ति, प्रजातन्त्र र स्थिरता कायम गर्दछ भन्ने हाम्रो बिश्वास छ ।
पुर्ण बिचार स्वतन्त्रता, पार्टीमाथी कहिल्यै प्रतिवन्ध नलाग्ने व्यवस्था, आवधिक निर्वाचन र संबिधान संशोधनको सरल प्रावधान संबिधानका महत्वपुर्ण र सकारात्मक पक्षहरु हुन । उल्लेखित व्यवस्थाहरुको कारणले गर्दा फरकमत र संबिधान प्रति असंतुष्ट रहनेहरुले पनि यहि संबिधानको परिधि भित्र रहेर जनताको अभिमतका आधारमा आफ्ना मान्यता र एजेण्डाहरु स्थापित गर्न सक्ने छन् । संबिधानको परिधि भित्रबाट नै परिवर्तनलाई संस्थागत गर्न सकिन्छ ।

राप्रपा नेपालको भावि नीति तथा कार्यदिशा
(१) नेपालको राष्ट्रिय राजनीतमा फरक बैचारिक धार र वैकल्पिक मार्गचित्रका साथ राप्रपा नेपालको उदय भएको हो । सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र, राजासहितको प्रजातन्त्र, सुदृढ स्थानिय स्वायत्त शासन प्रणाली तथा खुला बजारमुखि उदार आर्थिक नीति राप्रपा नेपालको बैचारिक आधारस्तम्भहरु हुन । यहि ऐजेण्डा बोकेर हामी संबिधानसभाको चुनावमा सहभागि भयौ । संबिधान निर्माणको क्रममा राप्रपा नेपालले आफ्ना ऐजेण्डाहरु स्थापित गर्न तथा त्यसको रक्षाको निमित्त अन्तिम घडि सम्म संघर्ष गरेको सर्वविदित छ । पार्टीको अथक प्रयासको वावजुद हाम्रा आधारभूत मान्यताहरु संबिधानमा नसमेटिए पछि हाम्रो अगाडि केवल दुई वैकल्पिक बाटाहरु मात्र थिए ः
    (क) विद्रोहको मार्ग
    (ख) शान्तिपुर्ण प्रजातान्त्रिक बाटो
विद्रोह वा हिंसा नेपाली समाजले थेग्न सक्दैन र त्यो उपयुक्त बाटो होईन भन्ने दृढ बिश्वासको आधारमा नै राप्रपा नेपालले शान्तिपुर्ण प्रजातान्त्रिक प्रतिस्पर्धा र संघर्षको बाटो अबलम्बन गर्दै २०६४ सालको पहिलो संबिधानसभाको चुनावमा भाग लिएको हो । प्रतिस्पर्धामा सहभागि भएपछि त्यसको परिणामलाई पनि स्विकार गर्नु पजातन्त्रको पुर्वशर्त हो । खेलको नियम अनुसार खेलमा भाग लिने अनि हारेपछि परिणाम अस्विकार गर्ने चरित्र प्रजातान्त्रिक हुन सक्दैन । एउटा चुनाव हार्दैमा मान्यता र बिचारहरु समाप्त हुंदैनन् । सिद्धान्त प्रतिको अविचलित निष्ठा र जनतामाथिको दृढ भरोसाले विजय अबश्यंभावि हुन्छ । यहि बिश्वासका साथ राप्रपा नेपालले आफ्ना आधारभूत मान्यताहरु तत्काल नसमेटिएको भएता पनि नंया संबिधानलाई आलोचनात्मक समर्थन गरेको छ । संबिधान र संबिधानले गरेको व्यवस्थासंग सहकार्य गर्दै राप्रपा नेपाल राष्ट्रिय राजनीतिमा थप उर्जाका साथ कृयाशील रहने छ । संबिधानसभाको पराजयलाई हामीले ईखका रुपमा लिएका छौ । संबिधानसभामा संख्या कम भएकोले आफ्नो मान्यता बलियो र नेपालको हित अनुकल हुंदादुंदै पनि स्थापित गराउन नसकेको सत्यलाई हामीले बुझेका छौ । संख्या बढाउन सक्यौ भने हाम्रो एजेण्डा स्थापित गर्न सकिन्छ भन्ने पनि हामीले बुझेका छौ । त्यसैले पराजयबाट हामी बिचलित छैनौ । सिद्धान्त कदापि छौडदैनौ, जनताको बिश्वास र अभिमतबाट सिद्धान्त स्थापित गर्ने बाटोमा सदैव क्रियाशील रहने छौ ।
राप्रपा नेपालले परिवर्तनको शान्तिपुर्ण, प्रजातान्त्रिक एवं संबैधानिक बाटो अवलम्बन गरेको छ । वर्तमान चुनौतिलाई हामी राष्ट्रनिर्माणको अवसरका रुपमा परिणत गर्न चाहन्छौै ।

(२) यसै पृष्ठभूमीमा राप्रपा नेपाल सरकारमा सहभागि भएको छ । वर्तमान मन्त्रिपरिषद गठन भएको करिव ६ महिना पुग्दैछ । सरकारमा पार्टीको सहभागिता वारे केन्द्रिय कार्यसमितिको यस बैठकमा समिक्षा गरिनु पर्दछ । राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण एवं मुलुकको सर्वांगिण आर्थिक बिकासको लक्ष्य हासिल गर्ने क्रममा राप्रपा नेपाल सरकारमा सहभागि भएको हो । निश्चय नै यस अवधिमा सरकारको कार्य प्रगति उत्साहप्रद छैन । आमजनताले स्पष्ट रुपमा अनुभूत गर्ने गरि सरकारले ठोस काम गर्न सकेको छैन । खासगरि आपुर्ती व्यवस्था सहज हुन नसक्नु, मधेस समस्या समाधानमा उल्लेख्य प्रगति नहुनु, आर्थिक क्षेत्रमा अपेक्षित सुधार नहुनु चिन्ताको बिषय भएको छ । भुकम्प पिडितहरुको पुनस्र्थापना एवं भुकम्प पश्चातको पुननिर्माणमा भएको ढिलाई सरकारको अकर्मण्यताको ज्वलन्त नमुना बनेका छन् । राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जयन्ती राष्ट्रिय पर्वका रुपमा मनाउने वारे निर्णय हुन नसकेको प्रति राप्रपा नेपाल खेद प्रकट गर्दछ । साथै, प्रशासनिक एवं शैक्षिक क्षेत्रमा व्याप्त पार्टीकरणको प्रवृत्ति यथावत कायम रहेको देखिन्छ भने राज्यका विभिन्न अंगहरुमा केही सत्तारुढ दलहरुले आफ्नो बर्चस्व स्थापित गर्न खोजेको आभाष हुन्छ । यो प्रवृत्ति दीर्घकालीन रुपमा राष्ट्र र प्रजातन्त्रको निमित्त घातक साबित हुन सक्दछ । यद्यपि भारत र चीनसंगको सम्बन्ध सुधारमा भएका प्रयासहरु प्रशंसनिय रहेका छन् । संबिधान जारि भएपश्चात बिकसित दुई देशको सम्बन्धमा देखा परेको असमझदारि र तिक्तताको अन्त गर्नुका साथै भारतले गरेको अघोषित नाकाबन्दी हटाउन भएको प्रयास संतोषजनक रहेका छन् । त्यसै गरि चिनसंग पारवाहन तथा यातायात सम्झौता सम्पन्न गर्नुका साथै ईन्धन, रेल, बिद्युत, व्यापार र यातायातको बिकासको निमित्त भएका समझदारी सराहनिय रहेका छन् । जनसहभागितामा आधारित सौर्य सडक बत्ति अभियान एवं दुई वर्ष भित्र लोडसेडिंग सदाका लागि अन्त गर्ने गरि आएको कार्ययोजना सरकारका महत्वपुर्ण कार्यहरु हुन । सरकारको कार्यबाट पुर्ण सन्तुष्ट हुन नसकेता पनि अहिले नै वर्तमान सरकारको विकल्प खोज्नु प्रत्युत्पादक हुने राप्रपा नेपालको ठहर रहेको छ । सरकारमा सजगता सहितको सहभागितालाई राप्रपा नेपालले निरन्तरता दिने छ । आगामि दिनमा नेपाली जनताको चाहना अनुरुप आर्थिक रुपान्तरणको पक्षमा सरकारले प्रभावकारी कार्ययोजना संचालन गर्ने अपेक्षा गरिएको छ । सरकारमा पार्टीको सहभागितालाई राष्ट्रियता बलियो बनाउने, नेपाली जनताको चाहना अनुसार आर्थिक बिकास गर्ने तथा पार्टीको संगठन निर्माण र  आदर्श स्थापित गर्ने अवसरका रुपमा हामीले सदुपयोग गर्नु पर्दछ ।

(३) सम्बद्र्धनवाद राप्रपा नेपालको मार्गदर्शक सिद्धान्त हो । सम्बद्र्धनवादको बैचारिक धरातल नै नेपालको सामाजिक, आर्थिक र राजनैतिक रुपान्तरणको मुलधार हो र बनाउनु पर्दछ । निरन्तरता सहितको परिवर्तन सम्बद्र्धनवादको सारतत्व हो । शान्ति, प्रजातन्त्र र आर्थिक उदारवाद जस्ता बिश्व विजेता मान्यताको जगमा यो बिचार अडेको छ । नेपालको सन्दर्भमा २००७ सालको क्रान्तिदेखि २०६२÷६३ को परिवर्तनले स्थापित गरेका प्रजातन्त्र, संबैधानिक राजसंस्था र समावेशी सिद्धान्त जस्ता उपलब्धिहरुलाई यस बिचारले समेटेको छ । सबल र सम्बृद्ध नेपाल निर्माणको लक्ष्य हासिल गर्न राज्य व्यवस्थाको सर्वोपरि साध्य राष्ट्रियता, अपरिहार्य आधार प्रजातन्त्र एवं मुख्य प्राथमिकता आर्थिक बिकास भन्ने मान्यतालाई राप्रपा नेपालले भावि बैचारिक कार्यदिशाका रुपमा निरन्तरता दिनेछ । उपरोक्त लक्ष्य प्राप्तिको क्रममा सुदृढ स्थानिय स्वायत्त शासन प्रणाली, राष्ट्रिय उद्यमलाई प्रोत्साहित गर्ने उदार आर्थिक नीति, सामाजिक न्याय र समावेशीताको सिद्धान्त एवं राष्ट्रिय स्वार्थ र स्वाभिमानको सम्बद्र्धन गर्ने परराष्ट्र नीति प्रमुख माध्यमका रुपमा रहने छन् ।

(४) हिन्दुत्वको संरक्षण र सम्बद्र्धनलाई आगामि दिनहरुमा पार्टीको मुख्य ऐजेण्डाका रुपमा निरन्तरता दिइने छ । सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पक्षमा राप्रपा नेपाल सदैव प्रतिवद्ध रहनेछ । राप्रपा नेपालले परिकल्पना गरेको समाजमा सबै धार्मिक मान्यताहरुका बिचमा समानता रहने छ, धार्मिक आस्थाका आधारमा कुनै भेदभाव हुने छैन, सबै धर्मको सम्मान र पुर्ण धार्मिक स्वतन्त्रता सुनिश्चित रहने छ तथा धार्मिक सांस्कृतिक सदभाव र एकता कायम रहने छ । नेपालमा करिव ८२ प्रतिशत हिन्दु, ९ प्रतिशत बुद्धिष्ट र ३ प्रतिशत किरात गरि ९४ प्रतिशत जनता ओमकार अर्थात सनातन धर्म परिवारका जनताहरु छन् । ९४ प्रतिशत जनताको धार्मिक आस्था, बिश्वास, संस्कार र परम्पराले नेपालको संस्कृति र पहिचान निर्माण भएको छ, यसको रक्षा गर्नु राप्रपा नेपाल आफ्नो राष्ट्रिय दायित्व ठान्दछ । बहुसंख्यक जनताको आस्थालाई अतिक्रमण गरेर वा कमजोर तुल्याएर शान्ति र स्थायित्व प्राप्त हुन सक्दैन । हिन्दुत्वको हाम्रो अभियान धर्मको आधारमा शासन वा धर्मको आधारमा कानुनको निर्माण होइन, यो बिशुद्ध पहिचान रक्षाको अभियान हो । यसै सन्दर्भमा धर्म परिवर्तनका विरुद्धमा तथा सनातन धर्मका आवरणमा फैलाईएका भ्रमहरुको निराकरणका निमित्त पार्टीले देशव्यापी जनजागरण अभियान संचालन गर्नेछ । जातीय आधारमा मन्दिर प्रवेशमा कायम रहेको निषेध अन्त गर्न तथा बाल विवाह, बहु विवाह तथा बोक्सी र दहेज प्रथा जस्ता कुरितिहरु समाप्त गर्ने । जनचेतना अभिवृद्ध गर्न पार्टीले सशक्त कार्यक्रम संचालन गर्नेछ ।

(५) आर्थिक, राजनैतिक र सामाजिक अधिकार एवं पहिचान रक्षाको निमित्त विभिन्न जाती, जनजाती, आदिवासी, मधेसी समुदाय, थारु, मुस्लिम र अल्यपसंख्यक समुहहरुले गर्ने संघर्षमा राप्रपा नेपालको एक्यवद्धता रहने छ । ईतिहासको विभिन्न कालखण्डमा भएका त्रुटिपुर्ण नीतिहरुको कारणले गर्दा क्षेत्र, वर्ग, जाती र लिंगका आधारमा असमानता र विभेद रहेको तितो यथार्थलाई वर्तमान पिंढिले सच्याउनु अनिवार्य छ । त्यसका लागि आवाज उठनु र संघर्ष हुनु स्वभाविक हो । तर,  त्यस्तो संघर्ष शान्तिपुर्ण एवं संबिधानको परिधि भित्र हुनु पर्दछ र संबैधानिक आधारमा परिवर्तन संभव छ भन्ने राप्रपा नेपालको बिश्वास रहेको छ । अधिकार र पहिचान रक्षाको नाममा विखण्डनलाई बल पु¥याउने, बिदेशी शक्तिलाई गुहार्ने तथा जनतालाई पिडा दिने कार्य र प्रवृत्तिलाई भने राप्रपा नेपाल कदापि स्विकार गर्न सक्दैन । असमानता र विभेद अन्त्यका लागि मानविय बिकास सुचकांक अनुसार समानता कायम नभए सम्म निश्चित अवधिका लागि आरक्षण सहितको बिशेष व्यवस्था ९बााबचmबतष्खभ बअतष्यल० हुनु पर्दछ भन्ने राप्रपा नेपालको धारणा रहेको छ । तर, त्यस्तो आरक्षणको आधार आर्थिक सामाजिक विपन्नता हुनु पर्दछ । महिला वर्गको हित, समुन्नति र सशक्तिकरण राज्यको प्राथमिकता बन्नु पर्दछ । साथै, युवाहरुमा बिदेश पलायन हुने प्रवृत्ति रोक्न तथा राष्ट्रनर्मिाणमा युवाको सिर्जनात्मक प्रयोगकालागि युवा केन्द्रित उपयुक्त कार्यक्रम संचालन गरिनु पर्दछ ।

(६) संबिधान निर्माणको अन्तिम चरणदेखि नै विभिन्न मागहरु राखि मधेसमा भैरहेको आन्दोलनको समस्या समाधान राजनैतिक सहमति र वार्ताको माध्यमबाट हुनुपर्दछ । संबिधानसभा र हालको रुपान्तरित व्यवस्थापिका संसदमा तुलनात्मक रुपले कम संख्यामा रहेता पनि विभिन्न कारणले गर्दा मधेस आन्दोलन र त्यसले मुलुकको भविष्यलाई पार्नसक्ने प्रभावलाई न्युनिकरण गर्नु गंभीर भूल हुनेछ ।
निश्चय नै राजनैतिक अधिकारको लागि गरिने संघर्षको महत्व छ, तर मधेसका जनताको हित र समुन्नतिका लागि राजनैतिक अधिकारका साथै आर्थिक बिकासमा समेत जोड दिईनु पर्दछ भन्ने राप्रपा नेपालको धारणा रहेको छ । भौगोलिक सुगमता हुंदा हुंदै पनि मानविय बिकास सुचकांकमा मधेस पछाडि पर्नुको कारण आर्थिक विपन्नता र सामाजिक विकृतिहरु हुन । त्यसर्थ, आर्थिक र सामाजिक रुपले पछाडि परेका मधेसका जनताको हित र समुन्नतिलाई  राप्रपा नेपालले उच्च प्राथमिकता दिनेछ । सिमाक्षेत्रमा बसोवास गर्ने बहुसंख्यक जनताको जीवनस्तर अत्यन्त कमजोर रहेको हुंदा त्यस क्षेत्रका जनताको शिक्षा, स्वास्थ्य र रोजगारिको अवस्था सुधार ल्याउन पार्टीले बिशेष प्याकेज कार्यक्रम संचालनमा जोड दिने छ ।


(७) संबिधान निर्माण पछिको नयां परिवेशमा राज्यको मुख्य ध्यान र प्राथमिकता मुलुकको समग्र आर्थिक बिकास र जनताको सम्बृद्धिमा केन्द्रित हुनु पर्दछ । आर्थिक बिकास विना राजनैतिक परिवर्तन र प्रजातन्त्र टिकाउ हुन सक्दैन भन्ने तथ्य नेपालको ६० वर्षको अनुभव र बिश्व घटनाक्रमले प्रमाणित गरेको छ । २००७ सालमा प्रजातन्त्र स्थापना भएर पनि अहिले सम्म स्थायी राजनैतिक व्यवस्था खडा हुन सकेको छैन तथा अपेक्षाकृत रुपमा देशको प्रगति हुन सकेको छैन । त्यसको मुलकारण परिवर्तनको गति र भावना एवं जन चाहना अनुरुप आर्थिक रुपान्तरण हुन नसक्नु नै हो । त्यसर्थ, अबको गन्तव्य आर्थिक बिकास र सुशासन हुनु पर्दछ । जलश्रोतको धनी देश भएर पनि लोडसेडिंगको अन्धकारमा बाच्नु पर्ने बाध्यता नेपालीको दुर्भाग्य हो । अब यसको अन्त्य हुनु पर्दछ । रोजगारीको अभावमा प्रत्येक दिन करिव २ हजार युवाहरु बिदेश पलायन भैरहेका छन् । अब यसको अन्त्य हुनु पर्दछ । एक्काईसौ शताब्दिको आधुनिक युगमा समेत अभाव र गरिबीको दुस्चक्रमा नेपालीले बाच्नु परिरहेको छ । अब यसको अन्त्य हुनुपर्दछ । नेपालका दुवै छिमेकीहरु भारत र चिन तिव्रगतिले आर्थिक बिकासको पथमा अग्रसर छन् । चिन बिश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति भैसकेको छ भने केही वर्षमा पहिलो हुने संभावना रहेको छ । अर्कोतर्फ भारतले समेत विगत एक दशकदेखि तिव्र आर्थिकबृद्धि दर कायम गरि रहेको छ । दुई बिशाल र सम्पन्न छिमेकीहरुका बीचमा आफ्नो स्वतन्त्र अस्तित्व र स्वाभिमान जोगाउन पनि नेपालले आर्थिक बिकास गर्नु अनिवार्य छ । दुवै छिमेकीहरुसंग असल सम्बन्ध कायम गरि दुवैको आर्थिक बिकासबाट फाईदा लिने बाटो नेपालले अबलम्बन गर्नु पर्दछ । भारत र चीन दुवैसंग प्रगाढ सम्बन्ध, बिकास साझेदारी र साझा सम्बृद्धि हाम्रो भावि रणनीति हनु पर्दछ ।
आर्थिक बिकासको उदेश्य प्राप्त गर्न सर्वप्रथम प्रशासनिक संयन्त्र, संबैधानिक अंगहरु तथा शैक्षिक क्षेत्रलाई पार्टी निरपेक्ष र व्यवसायिक रुपमा सक्षम बनाउनु पर्दछ । लगानी, उद्योग र व्यापारको प्रवद्र्धनमा निजिक्षेत्रलाई अग्रणी भूमिका दिई सरकारले सहजिकरणको जिम्मा लिनु पर्दछ । जलश्रोत, पर्यटन, कृषि तथा पुर्वाधार बिकासलाई उच्च प्राथमिकता दिनु पर्दछ । यो असंसभव छैन । केवल ईमान्दारिता र उच्च मनोबलको आबश्यकता छ ।  नेपाली परिवेश अनुकलको राज्य व्यवस्थाको बिकास, राष्ट्रनिर्माणको दूरगामी सोचाई, सुशासन एवं सक्षम र ईमान्दार नेतृत्वको संयोजनदारा केही वर्षभित्रमा नै चमत्कारिक आर्थिक सम्बृद्धि हासिल गर्न सकिन्छ । हामीसंग असिमित सभंवानाहरु छन् । त्यसको सदुपयोग गर्नु वर्तमान समयको चुनौति हो । यहि मान्यताको अवलम्बन नै राप्रपा नेपालको भावि कार्यदिशा हुनेछ ।

(८) स्थानिय स्वायत्त शासन प्रणाली राप्रपा नेपालको मुख्य एजेण्डाहरु मध्य एक हो । प्रजातन्त्रको अभ्यासलाई जनताको घरदैलोमा पु¥याउने तथा आफ्नो भाग्यको फैसला आफैले गर्न सक्ने अवस्थाको निर्माण स्थानिय स्वायत्त शासन प्रणालीको मुल मर्म हो । स्थानिय सरकारको अवधारणा अनुरुप स्थानिय निकायहरुलाई कार्यपालिकिय, विधायिकी र न्यायिक अधिकार एवं प्रसासनिक र वित्तिय स्वायत्तता दिनु पर्दछ भन्ने राप्रपा नेपालको धारणा रहेका छ । यस वास्तविकतालाई केहि हदसम्म नंया संबिधानले समेत आत्मसात गरेको छ । वर्तमान सरकारमा संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयको जिम्मेवारी बहन गरेको हुंदा उपरोक्त अवधारणालाई मुर्तरुप दिन राप्रपा नेपालले अग्रणी भुमिका निर्वाह गर्नेछ । साथै, स्थानिय निकायको निर्वाचन यथासक्य चांडो सम्पन्न गर्नु पर्दछ भन्ने पार्टीको घोषित नीति रहेको छ । त्यसर्थ, अन्य राजनैतिक दलहरुसंग समझदारि कायम गरि अबिलम्ब निर्वाचनको मिति घोषणा गर्न पार्टीले प्रयत्न गर्नेछ । यसरी स्थानिय निकायको निर्वाचन चांडो हुने हुंदा पार्टीले तत्कालै  त्यसको युद्धस्तरमा तयारि गर्नु नितान्त जरुरी छ । स्थानिय निकायको चुनाव परिणामले भावि राजनीतिमा महत्वपुर्ण प्रभाव पार्ने तथा राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका, हैसियत र स्थानलाई नंया ढंगबाट परिभाषित गर्ने हुंदा स्थानिय निकाय निर्वाचनको तयारि पार्टीको भावि संगठनात्मक कार्यदिशा र प्राथमिकता हुनेछ ।

(९) फरक बिचार र राष्ट्रनिर्माणको वैकल्पिक मार्गचित्र बोकेर खडा भएको राप्रपा नेपाल छोटो अवधिमा नै देशको चौथो ठूलो शक्ति बन्न सफल भएको छ । आगामि दिन पार्टीलाई अझ सशक्त तुल्याउने राष्ट्रिय राजनीतिको निर्णायक र अग्रिम पंक्तिमा स्थापित गर्ने हाम्रो प्रयास रहने छ । यसका निमित्त पार्टी संगठनको संरचनालाई सम्पुर्ण गाबिस र नगरपालिको वडातहसम्म पु¥याउने एवं समाजको हरेक क्षेत्रमा पार्टीको पहुंच र उपस्थिति कायम गर्ने कार्यलाई हामीले अझ सशक्त ढंगबाट अघि बढाउनु पर्ने आबश्यकता छ । विगतमा संचालन गरिएको हरेक वडामा राप्रपा  नेपाल, हरेक क्षेत्रमा राप्रपा नेपाल अभियानको कार्यप्रगति संतोषजनक रहेपनि त्यो पर्याप्त भने छैन । कतिपय जिल्लाहरुमा यो कार्य अधुरो र अपुर्ण नै रहेको छ । त्यसर्थ, पार्टी संगठन सुदृढ तुल्याउने क्रममा यस अभियानलाई आगामि दिनमा पनि निरन्तरता दिनु जरुरी छ । पार्टीलाई अग्रणी शक्ति बनाउन जनताको प्रत्येक घरदैलोमा र राष्ट्रिय जीवनको सबै पक्षमा राप्रपा नेपालले अबलम्बन गरेको राष्ट्रनिर्माणको वैकल्पिक बाटो र बिचारको सन्देश पु¥याउनु अनिवार्य छ । साथै, समान बिचारधारा भएका राजनैतिक दल तथा समुहहरुसंग एकता गर्दै जाने नीतिलाई पनि निरन्तरता दिइने छ ।

पार्टीको फरक बैचारिक धार, संबिधान निर्माणमा पार्टीको सशक्त र रचनात्मक भुमिका एवं सरकारमा रहेर पार्टीले खेलेको प्रभावकारी भूमिकाको कारणले गर्दा नेपाली जनता तथा अन्तर्राष्ट्रिय समुदायले राप्रपा नेपाललाई नेपालको उदयीमान शक्ति र भविष्यको गंभीर विकल्पका रुपमा सोच्न थालिसकेका छन् । यस वास्तविकतालाई हृदयंगम गर्दै पार्टीभित्र अक्षुग्ण एकता कायम राख्दै जिम्मेवारीपुर्ण ढंगबाट हामीले काम गर्नु पर्दछ ।

धन्यवाद ।
२०७२ चैत्र १८