TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

संबिधान सभा भंगका सम्बन्धमा राप्रपा नेपालको धारणा

 The situation for women in Iraq has become a "national crisis" since the 2003 US-led invasion The situation for women in Iraq has become a "national crisis" since the 2003 US-led invasion
२०६९ जेष्ठ १५ राप्रपा नेपाल केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकद्वारा पारित विशेष राजनैतिक प्रस्ताव

१) सार्वभौमसत्ता सम्पन्न जनताबाट निर्वाचित संबिधान सभाबाट नया“ संबिधान निर्माण गर्ने आम नेपाली जनताको चाहनालाई माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाले कुठाराघात गरेका छन् । संबिधान निर्माणका सम्पूर्ण स्थापित विधि प्रक्रियालाई मिचेर तथा जनता र सिंगो संबिधान सभालाई उपेक्षा गरेर विगत चार वर्षदेखि स्वेच्छाचारी ढंगबाट काम गर्दै आएका यी दलहरुले अन्ततः जन निर्वाचित संबिधान सभालाई मृत्युवरण गर्न वाध्य तुल्याएका छन् । संबिधान निर्माणको कार्य नै पूरा नगरी ऐतिहासिक संबिधान सभालाई समाप्त पार्ने कार्य देश र जनता विरुद्धको जघन्य अपराध हो । यस कार्यको राप्रपा नेपाल घोर बिरोध र भत्सर्ना गर्दछ ।
२) नया“ संबिधान निर्माण गर्ने जिम्मेवारी पूरा नगरी संबिधान सभा भंग भएबाट स्वभावतः संवैधानिक, राजनैतिक एवं नैतिक रुपमा नै मलुक संबिधान सभा निर्वाचन पूर्वको अवस्थामा पुगेको छ । २०६५ साल जेष्ठ १५ गतेको पहिलो बैठकबाट नाटकीय ढंगबाट गणतन्त्रलाई कार्यान्वन गर्ने देखि लिएर अन्तिम अवस्थासम्म संबिधान सभाबाट भए गरेका कार्यहरुको अस्तित्व स्वतः समाप्त भएको छ । त्यसर्थ, संबिधान सभा निर्वाचन पूर्वको वैधानिक स्थिति कायम गरी ताजा जनादेशमा जानु पर्दछ भन्ने राप्रपा नेपालको धारणा रहेको छ । २०६२ मार्ग ७ गतेको बाह्र बुंदे समझदारी पश्चातको मार्गचित्र असफल प्रमाणित भएको छ ।
३) परिवर्तनलाई संस्थागत गर्ने क्रममा अवलम्वन गरिएको त्रुटिपूर्ण मार्गचित्र, संबिधान सभाको निर्वाचन अगावै लादिएका गलत नीति र अवधारणा एवं कथित प्रमुख राजनैतिक दलहरुको अकर्मण्यता र सत्ता लिप्साको कारणले गर्दा वर्तमान संबिधान सभाको संरचना कायम रहुन्जेल जनताले चाहे अनुसारको संबिधान बन्न सक्दैन भन्ने बिश्वासका साथ राप्रपा नेपालले संबिधान सभाको म्याद सकिने वित्तिकै ताजा जनादेशको निमित्त नया“ चुनावमा जानु पर्दछ भन्ने माग राखेर गत दुई वर्षदेखि संघर्ष गर्दै आएको सर्वविदित छ । राप्रपा नेपालको उक्त बिश्लेष्ण अहिले सत्य साबित भएको छ । यसै सन्दर्भमा संबिधान सभा भंग भए पछि सर्वोच्च अदालतको फैसला अनुरुप ताजा जनादेशको निमित्त गरिएको नया चुनावको घोषणाको सिद्धान्ततः राप्रपा नेपाल स्वागत गर्दछ । तर, सबै राजनैतिक दलहरु बीच राजनैतिक सहमति नै नगरी तथा निर्वाचनको मिति घोषणा पूर्व अनिवार्य रुपले गर्नु पर्ने गृह कार्य नै नगरी केवल आफ्नो पार्टीको स्वार्थलाई दृष्टिगत गरि एकपक्षीय रुपमा निर्वाचनको मिति निर्धारण गर्ने कार्यस“ग भने राप्रपा नेपाल सहमत छैन । साथै, डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकारको बैधानिक एवं नैतिक आधार समाप्त भैसकेको हु“दा स्वतन्त्र, निष्पक्ष एवं भयरहित चुनावको लागि निष्पक्ष चुनावी सरकार गठनको राप्रपा नेपाल माग गर्दछ ।
४) संबिधान सभा भंग भए पश्चात अन्तरिम संबिधान, राष्ट्रपति र मन्त्रिपरिषदको वैधानिक अस्तित्व माथि नै गंभीर प्रश्न चिन्ह खडा भै संबैधानिक रिक्तताको स्थिति खडा भएको छ । यस अवस्थामा संबैधानिक एवं राजनैतिक निकाशको निमित्त देशका सम्पूर्ण राजनैतिक शक्तिहरुका बीचमा बृहत राजनैतिक सहमति गरिनु पर्दछ भन्ने राप्रपा नेपालको धारणा रहेको छ ।
२०६९ जेष्ठ १५ …………………………..
कमल थापा
अध्यक्ष